‘आवश्यक परे फेरि बलिदान दिन तयार छौँ’



जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् ।

प्रचण्डले ओलीले शहीदको रगतले लेखेका संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसका विरुद्ध लड्नु पर्ने अवस्था आएको बताए । उनले कार्यक्रममा बोल्दै भने, ‘हामी मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ, हामी जीवन मरणको अवस्थामा छौँ । उनीहरुको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौ ।’

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्