श्रीमानको विभत्स हत्या गरियो, श्रीमतीको अवस्था निकै गम्भिर



उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ गाईघाट शिवालय टोलमा आज बिहान एक दम्पत्तिको घरमा श्रीमानको हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था निकै गम्भिर छ ।

प्राप्त जानकारी अनुसार मृत वीरेन्दै राई नाम गरेका पुरुष ६६ बर्षका थिए । घरको माथिल्लो तलाको कोठामा मृत भेटिएका राईको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोड रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मृतक राईकी ५४ बर्षकी श्रीमती रीता राईको पनि मुखमा विष दलिएको थियो । उनलाई भने प्रहरीले बेहोस अवस्थामा घर नजिकैको बारीमा भेटेका थिए । उनको अवस्था गम्भिर भएपछि तुरुन्त अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्