प्रचण्डलाई ओलीको कडा जवाफ : ‘राम जन्मेको प्रमाण खोजेर बडा गाह्रो प्रश्न गर्नुभयो’



आज बुटवलमा लुम्बिनी केवलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्म ओलीले राम जन्मेको प्रमाण खोज्नेलाई अबको सुडाइसुडेनी खोज्न जाऔँ ? भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।

ओलीले प्रचण्डलाई कटाक्ष गर्दै भने, अस्ति एकजना मान्छेले भाषण गर्दाखेरि भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुने । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहिँ जन्मेका थिए भनेर, ओलीले कसैको नाम उच्चारण नगरी भने, अब म त्यसबेलाका सुडाइसुडेनी खोजेर ल्याउँ कि ? केके खोजेर ल्याउ? अँ, हो कौशल्याले राम जन्माउँदा मै सुडेनी थिएँ भनेर भन्नेको फेला पर्ला ? बडा गाह्रो प्रश्न उहाँले राख्नुभयो ।

स्मरण रहोस् गत माघ २८ गते काठमाडौँम गरेको वृहत विरोध सभामा प्रचण्डले राम चितवनमै जन्मेको हो भन्ने पुष्टि गर्न चुनौती दिएका थिए । त्यसैको जवाफ आज ओलीले दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्