
१६ बर्षकी किशोरीले आफ्नै सौतेनी पितासँग प्रेम भएपछि आफूहरुको बाटो खुल्ला गराउन आफ्नी आमा र बहिनीको हत्या गराउन सौतेनी पितालाई सघाएकी छिन् । अहिले प्रहरीले उक्त किशोरी र फेब्रिसियो बुइम एरेना बोलिनातो नाम गरेका ३६ बर्षका युवतीका सौतेनी पितालाई पक्राउ गरिसकेको छ ।
यो घटना ब्राजिलको हो । बोलिनातोले पत्नी र छोरीलाई उनीहरुको चिहान आफैँ खन्न बाध्य पारेर उनीहरुको हत्या गरी त्यहि गाडिदिए । पक्राउ परेपछि उनले ३४ बर्षकी श्रीमती र ९ बर्षकी छोरीको हत्या गरेको स्वीकार पनि गरेका छन् । बालिनातोले आफूले हत्या गरेको स्वीकारेपनि किशोरीले उनलाई सघाएको कुरा स्वीकार गरेकी छैनन् ।
ती किशोरीले पुलिसलाई फेब्रुअरी २ मा शवहरु गाडिएको ठाउँ देखाएकी थिइन् । उनीहरुको शवको परीक्षणमा क्रिस्टिनलाई चक्कु प्रहार गरिएको र केरोलिनलाई कुनै वस्तुले टाउकोमा प्रहार गरिएको पाइएको छ । पीडितहरुको शव भेटिएसँगै आरोपी बोलिनातो फरार थिए ।
उनी सोमबार क्याम्पो ग्राण्डेमा एक निर्माण साइटमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए । बोलिनातोमाथि यौन अपराधको अभियोगमा पनि अनुसन्धान चलिरहेको छ किनकि उनले सौतेनी छोरीसँग सम्बन्ध २०१९ मा सुरु भएको बताएका छन् जतिबेला उनको उमेर १५ वर्ष मात्रै थियो ।





