आज बुटवलमा शक्ति प्रदर्शन गर्दै नेकपा ओली समूह, ओलीले सम्बोधन गर्ने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । आज हुन लागेको शक्ति प्रदर्शनमा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा २ लाख जनता उतार्ने दाबी ओली समूहले गरेको छ ।

मध्यान्ह् १२ बजेपछि बुटवल ७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्यालीले नगर परिक्रमा गर्नेछ । आज हुने सभामा रुपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लाबाट एक लाख गरी २ लाख जनता भेला गराउने बताइएको छ ।

यसअघि माघ २३ गते पनि ओली पक्षले काठमाडौँ शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्