नेकपा केन्द्रीय सदस्य माधव अर्यालको आमा र श्रीमतीको देहावसानमा नेकपा बागमतीले निकाल्यो शोक वक्तव्य



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव अर्यालकी आमा मीनकुमारी अर्यालको मृत्युको काज किरिया बसिरहेको अवस्थामा उनकी श्रीमती वीना अर्याललाई आगोले पोलेर किर्तिपुर अस्पतालमा उपचाररतको क्रममा भएको निधनमा नेकपा बागमती प्रदेश संगठन कमिटीले शोक वक्तव्य जारी गरेको छ ।

प्रदेश संगठनका कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेल र सचिव खेम लोहनीद्धारा शोक वक्तव्य जारी गरेका हुन् ।

जारी विज्ञप्तिमा उत्तर गया गाउँपालिका वडा न ४ निवासी ४५ वर्षीया विना अर्यालको ३० गते शुक्रबार दुखद निधन भएको उल्लेख गरिएको छ ।

नेता द्वयद्धार जारी वक्तव्यमा भनिएको छ दिवंगत आमा मिना कुमारी अर्याल र विनु अर्यालप्रति हाम्रो प्रदेश संगठन कमिटी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

No description available.
प्रतिक्रिया दिनुहोस्