महिला हिंसा एवं प्रतिगमनको विरुद्ध काठमाडौंमा महिला मार्च



काठमाडौं । मुलुकमा विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ ।

शुक्रबार काठमाडौंका बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । विरोध ¥यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरु नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरुले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् । ‘

विरोध प्रदर्शनका क्रममा हरेकादिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्