राजदूत आचार्य र बिहारका मुख्यमन्त्री नीतीश कुमारबीच भेटवार्ता



काठमाडौं । भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग भेटवार्ता गरेका छन् । मुख्य मन्त्री नीतीश कुमारसँग शुक्रबार भएको भेटघाट सौहार्दपूर्ण भएको राजदूत आचार्यले ट्वीटमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार भेटका क्रममा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धलाई थप
बलियो बनाउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

नेपालमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेका बेला राजदूत आचार्यले बिहारका मुख्यमन्त्रीलाई भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्