मुख्यमन्त्री राउतद्धारा सोनाम पर्वको अवसरमा शुभकामना व्यक्त



काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोतर प्रगतिको कामनासमेत गरेका हुन् ।

मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वले सामाजिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्वले भातृत्वको सन्देश दिने उल्लेख गरेका छन् ।

साथै उनले विश्वमै नेपाली एकतासमेत उजागर भएकाले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्