स्वास्थ्य उपचारका लागि दिल्ली गए झलनाथ खनाल



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका छन् । स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान गएका हुन् ।

४ दिन दिल्लीमा रहेन नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको जानकारी दिए ।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो’, राजनीतिक भेटघाट हुने कुरै हुन्, खनालका स्वकयि सचिव कृष्ण भट्टराईले भने, स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन । खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रमा छ ।

प्रतिक्रिया दिनुहोस्