मृत्युपछि शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा



काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उननी श्रीमती राधादेवी
जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्ने भएका छन् ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दानदिने उनीहरुको भनाइ छ ।

उनीहरुले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन् ।

शुक्रबार दिउँसो १ः३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्