नेपालमा संसदीय व्यवस्था असफल भयो : मोहन वैद्य



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् ।

बिहीबार चार कम्युनिष्ट पार्टीहरुको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका हुन् ।

सरकारले समाजवा र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको भनाइ छ ।

उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताए ।

बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्