प्रधानमन्त्रीको गल्ती अदालतले सच्याउनुपर्छ : कांग्रेस नेता घिमिरे



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा बोल्न पाइने बताएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सहायक भएर काम गर्न खोजेको भन्दै घिमिरेले उनका बारेमा टिप्पणी गर्न पाइने बताएका हुन् ।

पहिलो राष्ट्रपतिको बारेमा पनि सार्वजनिक टिप्पणी भएको नेता घिमिरेले बताए । राष्ट्रपति भण्डारीबारे टिप्पणी गरेको आरोपमा बिहीबार नै नेकपा (प्रचण्ड-माधव) समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले अदालतलाई बालुवाटार मातहत राख्न खोजिएको टिप्पणी गरे । घिमिरेले प्रधानमन्त्रीको गल्ती अदालतले सच्याउनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्