रामकुमारी झाँक्रीको रिहाइ माग गर्दै प्रदर्शन



काठमाडौं । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी रामकुमारी झाँक्रीको रिहाइको माग राख्दै प्रदर्शन सुरु भएको छ । बानेश्वरको मीनभवन अगाडी विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् ।

अखिलका पूर्वअध्यक्ष एवम् नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई बानेश्वरस्थित घरबाटै पक्राउ गरिएको छ । पक्राउ अगाडि पनि नेकपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।

तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरिएको अखिलका नेता सुदेश पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्