रामकुमारी झाँक्री निवासबाटै पक्राउ



काठमाडौं । नेकपा दाहाल नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी दिँदै प्रहरीले उनकै निवास शंखलमुलबाट पक्राउ गरेको हो ।

झाँक्रीले राष्ट्रपति विद्या देवी भण्डारीबार गोरखामा दिएको अभिव्यक्तिको विषयमा उनलाई गरिएको हो ।

यस अघि झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । उनले पक्राउ पूर्जी लिएर गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन् । उनको निवास शंखमुल अगाडि समर्थकले नारावाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्