मण्डपमा बसेका बेहुलालाई बिहेमा आएका पाहुनाले गोली हानेर मारिदिए, बेहुलीको भयो यस्तो हालत…



रुसको मस्को ओब्लास्ट क्षेत्रमा निकै अप्रिय घटना घटेको छ । रुसको भ्लासोभो गाउँमा बिहे चलिरहेको थिए । बिहेको मण्डपमा बेहुलामाथि गोली प्रहार हुदाँ उनको ज्यान गएको छ ।

राडु कोर्डिनियाउ नाम गरेका ३४ बर्षका बेहुला र उनका दाजु फिलिप कोर्डिनियाउलाई बिहेमा आएका ३ जना पाहुनाले गोली हानेर मारिदिएका छन् । प्राप्त जानकारी अनुसार बिहेका आएका पाहुनासँग विवाद भएपछि यी दाजुभाइमाथि गोली प्रहार भएको हो । बेहुलाका दाजुभाइलाई ७ गोली हानिएको बताइएको छ । अचम्मको कुरा त के छ भने जसले बेहुलाको दाजुभाइमाथि गोली प्रहार गरेका छन् उनीहरु विवाहमा बेहुलाको पक्षबाट नै आएका थिए ।

यो सबै घटनाबिच सबैभन्दा बढी यतिबेला विवाहको मण्डपमा बेहुलासँग बसेकी बेहुलीको मन टुटेको छ । जुन दिन उनी जीवनभरको लागि कसैकी हुदैँथिइन्, त्यहि दिन उनी विधवा हुनुपर्यो । शोकाकुल बेहुलीले सामाजिक सञ्जालमार्फत आफ्नो मनको भावनाहरु व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘तिमीबिना म कसरी बाँच्न सक्छु, मेरो प्रिय मान्छे ? म सधैँ तिम्री पत्नी हुनेछु । म बाचा गर्छु तिमी मेरो एकमात्र हौँ । हामी सदाका लागि साथमा हुनेछौँ । सधै त्यहि रहनु, मलाई माथिबाट हेर्नु र मैले हाम्रो तिम्रो लागि पुरा गर्नेछु र तिमीले ममाथि गर्व गर्न सक्नेछौँ’ ।

प्रतिक्रिया दिनुहोस्