राष्ट्रपति भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले बोलायो रामकुमारी झाँक्रीलाई



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताए ।

हामीले उहाँलाई बिहीबार बिहान १० बजे आउन भनेका छौं, थापाले भने ।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दे आलोचना गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्