संविधानलाई उपहास गर्दै ओली फाँसीवादतिर लागे : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसंघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले केपी अ‍ोली फाँसिस्ट भएको आरोप लगाएका छन् । तर, संविधानलाई उपहास गर्दै ओली फाँसीवादतिर लागेको उनले बताए ।

तर, नेपाली जनताले फाँसीवाद नसहने बताए । ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर ठट्टा गरेको श्रेष्ठले टिप्पणी गरे । यो फाँसीवाद लागू गर्ने नयाँ तरिका हो, उनले भने । चरणबद्ध भइरहेको जनप्रदर्शनको उद्देश्य प्रतिगामी कदम सच्याउँदै संसद पुनस्र्थापना गर्नु र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्ति सच्याउनु रहेको प्रवक्ता श्रेष्ठले भने ।

वर्तमान सरकारले असंवैधानिक ढंगले संसद् भंग गरिएकाले ओली सांसद छैनन् । यो स्वतः काम चलाउन सरकार हो उनले भने । अवैधानिक सरकार भएकाले ओलीलाई सरकारमा एक मिनेट पनि बस्ने अधिकार नभएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्