ओली जी राजीनामा गरेर पशुपतितिर लाग्नुहोस् : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली समूहमा रहेका नेताहरुले आफूहरुतर्फ आउन लागेको बताएका छन् ।

ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्, उनले भने ।

यो सबे देखेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह गरे ।

तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्