संविधानलाई च्यातत्युत पार्न खोजियो : शर्मा



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा शर्माले भने, यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ म भन्न सक्दिन ।

संघीयता लागू गर्न नदिने र संविधानलाई च्यातत्युत पार्न खोजिएको भन्दै शर्माले जनताको विद्रोहको संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्