खनालले भने : आउनुस् प्रतिक्रान्ति विरुद्ध संयुक्त आन्दोलन गरौं



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको बताए ।

पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरे, आउनुस् संयुक्त आन्दोलन गरौं । यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुनुस् ।

प्रतिक्रिया दिनुहोस्