राप्रपाका १७ युवा नेकपामा प्रवेश



काठमाडौं । बागमती प्रदेश संगठन कमिटीको कार्यालय च्यासलमा बागमती संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेको हातबाट खादा र अविर लगाई मेलुङ गाउपालिका ६ डाडाखर्क निगासिका १७ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

“अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश, विकासको निरन्तरता” भन्ने मुल नारालाई आत्मसात गर्दै सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका श्रद्धेय अध्यक्ष के.पी. ओली शर्मा ओलीको राष्ट्रवादी अडान, संविधानको रक्षा, विकासको अग्रगामी दृष्टिकोण र देशको भूगोलको रक्षा जस्ता साहसिक कार्यबाट प्रभावित भई नेकपामा प्रवेश गरेका रुक्मान तामाङले बताए ।

तामाङ राप्रपा जिल्ला कमिटीको सदस्य पद परित्याग गरी नेकपामा प्रवेश गर्दा आफूलाई गर्व लागेको बताए । देश विकास, सामाजिक रुपान्तरण र मेलुङ गाउँपालिकको विकासका लागि के.पी ओलीको नेतृत्वमा आफूहरुले पनि इट्टा थप्ने प्रणका साथ पार्टीमा प्रवेश गरेको जीवनकुमार तामाङले बताए ।

आनन्द पोखरेलले युवाहरुलाई स्वागत गर्दै नेकपा युवाहरुलाई सधैं सम्मान र क्षमता अनुसारको दायित्व प्रदान गर्ने पार्टी भएकोले वहाँहरुलाई उचित जिम्मेवारीका साथ देश विकासको यस अभियानमा स्वागत गरे ।

देशको स्वाधिनता र भौगोकि अखण्डताको रक्षा, समाज र राष्ट्रको विकास, नागरिकहरुको मौलिक हकको रक्षाको लागि नेकपा सधैं प्रतिवद्ध रहेकोले समाजमा एकता र विकासमा एकजुट हुन आह्वान गरे ।

जीवनकुमार तामाङको नेतृत्व र विशेष समन्वयमा प्रविन तामाङ, निमा लामा, राजन तामाङ, जितबहादुर तामाङ, सुदिप तामाङ, तेन्जेन तामाङ, प्रदिप तामाङ, राजन लामा, बिरोध तामाङ, अनिल तामाङ, बाबुराम लामा, हरीराम तामाङ एकसाथ प्रवेश गरेका छन्, कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् जिल्ला समन्वय समितिका सदस्य विदुर शर्मा, सरोज मोहन, मानोज न्यौपाने श्रीराज पोखरेल लगायत मेलुङ गाउँपालिकाका नेकपाका कार्यकर्ताहरुको बीचमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्