प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट लुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्