विराटनगरमा खेलकुद अभिमुखीकरण कार्यक्रम सुरु



राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ ।

पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट,युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राखेपको नयाँ ऐन र सो सम्बन्धमा जानकारी गराएका थिए । डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स र रमन नेपालीले स्पोर्ट्स मोटिभेसन बारे सहभागीलाई जानकारी गराएका थिए ।

दोश्रो तथा अन्तिम दिन बुधबार राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस, हिमाल दाहालले कोचेस इन ट्रेनिङ, रितामैया प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिने छन् ।

चार प्रदेश लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । विराटनगरपछि प्रदेश २ को वीरगन्जमा माघ २९ र ३० तथा गण्डकी प्रदेशको पोखरामा फागुन २ र ३ गते अभिमुखीकरण कार्यक्रम हुने छ । कार्यक्रममा ,राखेप सदस्यद्धय हरि खड्का,रेनुका श्रेष्ठ, बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धीत स्थानिय उपभोक्त समितिका अधयक्षबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्