संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदै



काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुँदैछ ।

न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेखि निरन्तर बहस हुँदै आएको छ ।

हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्