
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार दिउँसो भेट भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट सोझै शितल निवास गएका थिए ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले आजै कान्तिपथमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएका थिए ।





