
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ ।
अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभाम सहभागी हुन अपील गरेका हुन् ।
आफूहरुको आन्दोलन संघीय लोकतन्त्र गणतन्त्रलाई सुद्दढ बनाउने अभियान पनी भएको बताउँदै प्रचण्डले बताएका छन् । हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु, प्रचण्डले भनेका छन् ।
यसैगरी नेपालले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





