एक महिला र उनकी ९ बर्षकी छोरीलाई आफ्नो चिहान आफैँ खन्न बाध्य पारियो, हत्या गरेर त्यहि चिहानमा गाडियो…



एक महिला र उनकी ९ बर्षकी छोरीलाई महिलाका पार्टनरले आफ्नो चिहान आफैँ खन्न बाध्य पारेका छन् भने उनीहरुलाई त्यहि चिहानमा गाडिएको छ । जुन महिलाको निधन भएको छ उनकी छोरीले नै यो कुराको खुलासा गरेकी हुन् । फेब्रिसियो बुइम एरेना बेलिनातोकी पार्टनर क्रिस्टियान एरेना र उनकी ९ वर्षकी छोरी केरोलिन भिटोरिया गएको नोभेम्बर महिनादेखि बेपत्ता थिए ।

महिला र उनकी छोरीको शव साओ पाउलोको पोम्पेइयामा रहेको घरको पछाडिको आँगनमा गाडिएको अवस्थामा फेला परेको छ । शवको अवशेषको जाँचमा क्रिस्टियानलाई चक्कु प्रहार गरेर मारिएको र छोरी केरोलिनलाई कुनै वस्तुले टाउकोमा हिर्काएर मारिएको पाइएको छ । पुलिसले घरको पछाडिको आँगनमा शंकास्पद रुपमा भुइँ चलाइएको देखेपछि जाँच गर्दा शव फेला पारेको थियो ।

किशोरीले बताए अनुसार उनकी आमाले नयाँ ब्वाइफ्रेण्ड पाएपछि बहिनीलाई लिएर गएकी थिइन् तर उनको बयानमा विरोधाभाष देखिएपछि पुलिस अनुसन्धानको लागि पुगेको थियो । अनुसन्धान गर्दा पुलिसले दुवैको हत्या नोभेम्बरको अन्त्यमा भएको र त्यतिबेला शव गाडिएको अनुमान लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्