बजेटको अर्धवार्षिक समीक्षा आज हुँदै



काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् ।

अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष वजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन घोषणा गरेको छ । चुनावी बजेट खर्चसमेत अहिलेकै बजेट भित्रबाट व्यवस्थापन गर्नेगरी समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्