
चिनकी सर्वाधिक चर्चित अभिनेत्री गाओ लियुले आफूसँग भएको त्रासदीपूर्ण घटना सेयर गरेकी छिन् । जुन घटनाले अहिले निकै नै चर्चा पाइरहेको छ । २४ बर्षिय लियुले केही समय पहिले आफ्नो नाकको प्लास्टिक सर्जरी गराएकी थिइन् तर यो सर्जरीपछि उनी आफैलाई देखेर आश्चर्य चकित परिन् ।
चीनका कैयौं फिल्म र टिभी शोमा काम गरिसकेकी लियुले पोस्टमा आफूले ग्वान्झाउ शहरको एक क्लिनिकमा प्लास्टिक सर्जरी गराएको बताएकी छिन् । उनकी एक साथीले उनलाई क्लिनिकका प्लास्टिक सर्जनसँग भेटाएकी थिइन् । यो सर्जरी ४ घण्टासम्म चलेको थियो ।
तर, उनलाई पटक्कै अनुमान थिएन कि यो ४ घण्टापछि उनको अगाडि ठूलो संकट आउनेछ । उनले यो सर्जरीपछि आफ्नो लुक राम्रो हुने र फिल्ममा काम पाउने सम्भावना बढ्ने अपेक्षा गरेकी थिइन् तर त्यसको ठिक उल्टो भयो ।
अहिले लियु प्लास्टिक सर्जरी गर्ने क्लिनिकसँग आफ्नो क्षतिपूर्ति लिनको लागि प्रयासरत छिन् ।





