विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई प्राधिकरणको संचालक समितिको बैठकले कार्यकारी निर्देशक सरहको अधिकारसहित ६ महिनाको लागि निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

यसअघि प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ रहेका थिए । उनको अवकाश पछि शाक्य नै कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्