पहिलो चरणमा ४० र दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानकि विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदातलमा सुनुवाइ भइरहेको छ ।

यसैबीच निर्वाचनको तयारीबारे प्रधानमन्त्री ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जान लागेका छन् । ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री, अर्थमन्त्रीसहित नेताहरु आयोग जान लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्