प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन् ।

निर्वाचन आयोग स्रोतले दिएको जानकारीअनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग आउने कार्यक्रम छ ।

प्रधानमन्त्रीज्यू आज बिहान ११ बजे आयोग कार्यालय आउने जानकारी हिजो प्रमुख निर्वाचन आयुक्तले दिनुभएको थियो, आयोग स्रोतले भन्यो ।

वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । ओली र प्रचण्ड-नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन् । उनीहरुले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्