
काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि संवैधाकि इजलास भइरहेको बहस भोलि नहुने भएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईन्द्रराज पाण्डेको निधन भएकाले भोलि बहस नहुने जानकारी संवैधानिक इजलासमा प्रधानन्यायाधीशले दिएका हुन् ।
हाम्रो एक जना पूर्वन्यायाधीशको निधन भएकाले शोक बिदा हुन्छ । भोलि बहस नहुने भयो, उनले इजलासमा भने ।
आज प्रतिनिधि सभा विरुद्धको रिटमा प्रधानमन्त्रीका वकिलले बहस गरेका थिए ।





