केपी ओलीको नयाँनयाँ अवतारले मुलुक सिद्धिन्छ : माधव नेपाल



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताए ।

कसैलाई पनि कित्ताबाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए । केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन । यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन ।

ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभए देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए । ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्