
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक तथा वुद्धिजीविहरुसँग तर्संने बताएका छन् ।
शिक्षकहरुलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेर विगतमा प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको उनको भनाइ थियो ।
आज काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो राष्ट्रिय परिषद भेलामा बोलेका प्रचण्डले प्रतिगमनको वकालत गरेकोले ओलीसँग हार्नेबाहेक अरु विकल्प नरहेको पनि दाबी गरेका छन् ।
उहाँलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो । शिक्षकहरु क्रान्तिकारी हुन्छन्, उनले भने, शिक्षक र वुद्धिजीविदेखि ओली तर्संन्छन् ।
विगतमा ओलीले शिक्षकहरुको औपचारिक संगठन बनाउन हुन्न भने पनि अहिले धमाधम शिक्षक राखेर केन्द्रीय समिति विस्तार गरेकोले त्यो ठगी कुरा मात्रै भएको पुष्टि भइसकेको प्रचण्डको भनाइ थियो ।





