बैतडीको घटनालाई गम्भीरतापूर्वक छानबिन गर्न फानद्धारा सरकारलाई आग्रह



काठमाडौं । मानव अधिकार सम्बन्धि क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले बैतडिमा बलात्कार पछि हत्या गरिएकी कक्षा १२ मा अध्ययनरत १७ बर्षीया भागिरथि भट्टको घटना प्रति फ्रिडम फर अल नेपालले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

सोमबार फानले एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्दै घटनामा संलग्न दोषीको सिघ्र पहिचान गरि कानुनी दायरामा ल्याउन र पिडित परिवारलाई उचित राहतको व्यवस्था समेत गर्न हामी नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

फानका कार्यबाहक अध्यक्ष भक्तराज जोशीद्धारा जारी विज्ञप्तिमा पश्चिम नेपालका विभिन्न जिल्लामा यस्ता जगन्य अपराधहरु झन झन बढिरहनु अत्यन्तै दुखत पक्षको भएको जनाइएको छ ।

साथै विज्ञप्तिमा भनिएको छ,महिला तथा बालिकाका माथि भैरहेका यस्ता जगन्य मानव अधिकार हननका घटना तथा अपराधले नेपालको अन्तर्राष्ट्रिय छवि समेत धमिलिएको छ ।महिला तथा बालबालिका माथि भैरहेका यस्ता घटनाका दोषीहरुलाई कडा भन्दा कार्वाहीको जोडदार माग गर्दैछौ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्