वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आयो : निधि



वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाद्धारा आज वीरगञ्जमा अमायोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्र्थापना या निर्वाचनमा जानुपर्ने बताए ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्