सरकारी वकिलले लामो समय लिएपछि प्रधानन्यायाधीश जबराले भने : हाम्रो बाध्यता बुझ्नुहुन्न ?



काठमाडौं । आज पनि संसद विघटनको मुद्दामा सरकारी वकिलले बहस गरिरहेका छन् । सोमबारको सरकारको पक्षबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गरेका छन् ।

सरकारी निर्णयको प्रतिरक्षा गर्न आएका अधिवक्ता भट्टराईले लामो समय लिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहस टुंग्याउन पटक पटक आग्रह गरे ।

सुरुमा १५ मिनेट समय तोके पनि उनले ३१ मिनेट समय लिएका थिए । त्यसपछि पनि बहस गर्दै गर्दा प्रधान न्यायाधीशले रोके । उनले भने, नछोडिदिनुस् प्लिज । बाँकी बहस नोटमा दिनुहोला । अर्को साथीलाई गाइड गर्नुहोला ।

तर अधिवक्ता भट्टराईले अझै बहस गरिरहे । त्यसपछि जबरा अझै रिसाएर भने, मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न ?

प्रतिक्रिया दिनुहोस्