प्रहरीकै मिलेमतोमा भारतमा १२ बर्षकी नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या



भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली बालिकालाई सामूहिक बलात्कार गरी उनको हत्या पनि गरिएको छ । उमेरले मात्र १२ बर्ष पुगेकी बालिकाको बलात्कारपछि हत्या गरी शव जलाइएको भारतीय मिडियाले जनाएको छ ।

भारतीय मिडिया अनुसार उक्त घटनामा बिहारका स्थानीय पुलिस समेत मिलेको आशंका गरिएको छ ।

प्रारम्भिक अनुसन्धान र एक अडियोले उक्त घटनामा स्थानिय थानाका थानाध्यक्षको पनि संलग्नता रहेको संकेट गरेको छ । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए ।

२१ जनवरीमा घटना भएपनि एपआईआर भने १२ दिनपछि २ फेब्रअरीमा दर्ता भएको थियो । एफआईआरमा विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साहसहित ११ जनालाई अभियुक्त बनाइएको छ । यस्तै घरमालिक सियाराम शाहमाथि पनि लाशलाई जबरजस्ती जलाएर प्रमाण मेटाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्