सरकारी पक्षलाई ३० माघभित्र बहस सक्न प्रधानन्यायाधीश जबराको आग्रह



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा आफ्नो बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेका छन् ।

संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका हुन् ।

आइतबार प्रधानमन्त्रीको प्रतिरक्षाका लागि आएका अधिवक्ता रमेश बडालसँग उनले माघ ३० गतेभित्र विपक्षीका तर्फबाट बहस सक्नुपर्ने बताए ।

तर अधिवक्ता बडालले प्रधानमन्त्रीको तर्फबाट बहस सक्ने बताए । प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री मात्र नभई सबै विपक्षीहरुको तर्फबाट बहस यो हप्ताभरिमा सक्नुपर्ने बताएका हुन् । हामीले तपाईहरुलाई दिएको माघ १९ देखि हो, ३० गतेसम्म सबैको तर्फबाट सिध्याइसक्नुपर्छ, प्रधानन्यायाधीश जबराले भने ।

उनले अघि भने, अब सहयोगी वरिष्ठ अधिवक्ता ज्यूहरुलाई पनि दिनुप¥यो, त्यसपछि हामीलाई पनि केही समय लाग्ला । उनले सरकारी पक्षलाई यसअघि समय नतोके पनि अब समय कम भएकाले निश्चित समय तोक्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्