प्रचण्ड-नेपाल नेतृत्वले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्दै



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ २८ गते काठमाडौंमा प्रतिनिधि सभाविघटन विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

नेकपाको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सो समूहले काठमाडौंमा हुने जनप्रदर्शन तथा विरोध सभाको बारे जानकारी गराएको हो । अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सहभागी बन्न सम्पूर्णलाई अपिलसमेत गरेका छन् ।

सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुद्दढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको बताए ।

यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध सभाको आयोजना गर्न लागेको बताए । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्