प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियुले गरे सिंहदरबार अगाडि प्रदर्शन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियुले सिंहदरबार नजिकै प्रदर्शन गरेका छन् ।

प्रतिगमनविरुद्ध भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेको विरोध पत्रसहित अनेरास्ववियूले आइतबार दिउँसो हनुमानस्थानमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले दुःखी नेपाली अस्तव्यस्त नेपाल भन्दै विरोध पत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्