नेकपा विवादले प्रदेश १ को संसद् बैठक सुरु भएन



काठमाडौं । आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसद्को बैठक अझै सुरुहुन सकेको छैन । ११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा ढिलाइ भएको हो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव हुने भनिएको आजको बैठक कतिबेला सुरु हुन्छ भन्ने यकिन नभएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने अड्डी लिइरहेको छ । अर्को पक्ष भने अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ ।

माघ ७ मा तीन मिनेट चलेर सुरु हिउँदे अधिवेशन त्यसपछि एकैचोटी आज बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्