मुलुकमा राजनीतिक दलहरूका नेताहरूले निकास नदिएपछि अब पनि सेनाहरु चुप किन ?



राकेश कुमार शर्मा, नेताहरूले मुलुकलाई सहि निकास दिन सकेनन कार्यकर्ताहरुले अब आन्दोलन कस्का लागि गर्ने हो ? मुलुकले निकास नपाउनुमा दोषी र जिम्मेवार सबै नेताहरू छन ।

नेताहरूले मुलुकलाई सहि निकास दिन सकेनन । सेनाहरु चुप किन ? विक्रम सम्वत २०७७ साल माघ २२ गते माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्प कमल दाहाल पक्षका नेताहरूले नेपाल बन्द घोषणा गरेको थियो ।

नेपाल बन्दको क्रममा एक पक्षले नेपाल बन्द अर्को पक्षले नेपाल खुल्ला छ भन्ने गरेको पाइयो कयौं ठाउँमा यस विषयमा मुडभेट पनि भयो । अब यस्ता घटनाहरुले निरन्तरता पाउने देखिन्छ । मुलुकमा अब यसपछि के के हुनेछ शायद दैवलाई नै थाहा होला । म भन्छु सेनाहरु चुप किन ?

हाम्रो मुलुकको सेनाहरु चुप किन ? २०७७ साल माघ १९ गते सोमबारको दिन म्यानमार मा सेनाहरुले कु गरेको छ । यस अघाडी माली मुलुकमा पनि सेनाहरुले कु गरेको थियो । हाम्रो मुलुकको सेनाहरुलाई थाहा नै होला ।

मुलुकमा राजनीतिक दलका नेताहरूले निकास नदिएपछि सेनाहरुले सैनिक कु नगरे कसले गर्छ ?

राजनीतिक दलहरुका भक्तहरु र कार्यकर्ताहरुलाई मेरो प्रश्न के छ भने तपाइँहरुका नेताहरूबाट नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको संसद भंग भएको छ । संसद भंग अर्थात विघटन हुनुमा के।पी। शर्मा ओली मात्र जिम्मेवार होइन नेकपा का सबै नेताहरू, सांसदहरू दोषी र जिम्मेवार छन । विगतमा यसभन्दा पहिले पनि तपाईंहरुको नेताहरूबाट काँग्रेस पार्टीले बहुमतको संसद भंग गरेको थियो ।

तपाईंहरुका नेता माओवादी पार्टीका पुष्प कमल दाहालले आवेशमा आएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तपाईंहरुका नेताहरूले मुलुकलाई निकास नदिने अनिर्णयको बन्दी बनाउने सत्ता लिप्साको स्वार्थ र सुविधाहरू उपभोग गर्न र लिन मात्र जानेका छन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा झुठो खेती गरेका छन ।

दुई तिहाइको सरकारले मुलुक चलाउन सक्दैन भने अब के आशा गर्नुहुन्छ ? राजनीतिक दलहरुका नेताहरूले मुलुकलाई निकास नदिने अनिर्णयको बन्दी बनाउने भक्तहरु र कार्यकर्ताहरुले आन्दोलन गर्न मात्र जानेका छन । नेताहरूले रमिता देखाए । अब कसको निम्ति चक्का जाम, नेपाल बन्द र आन्दोलन गर्नुहुन्छ रु यसकारण दोषी र जिम्मेवार नेताहरू छन ।

राजनीतिक दलहरूका भक्तहरू र कार्यकर्ताहरुले अब आफ्नै नेताहरू विरुद्ध आन्दोलन गरे मात्र हो । सेनाहरुले (कु) गरे भने अब पनि आन्दोलन गर्नुहुन्छ ? कसको निम्ति आन्दोलन गर्नुहुन्छ ? अब गरेको आन्दोलनको उद्देश्य र नारा के ? सेनाहरुले गर्दा लुटन पाइएन, मनपरि गर्न पाइएन भनेर आन्दोलन गर्नुहुन्छ ? सेनाहरुले गर्दा प्रजातन्त्र हनन र मौलिक हक अधिकार हनन भयो भनेर आन्दोलन गर्नुहुन्छ ? अब आन्दोलनको कुनै ओचित्य छैन । नेताहरूको सम्पुर्ण नाटकमंच देखियो ।

मुलुकमा नेताहरू बाट प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाइएको छ । नेताहरूबाट मुलुकले निकास पाएको छैन । यसकारण हाम्रो मुलुकमा पनि तत्काल सैनिक शासनको आवश्यकता छ । प्रजातान्त्रिक ढंग बाट मुलुक कसरी चलाउनुपर्ने हो म संग दुरदृष्टी सोचहरु छ । प्रजातान्त्रिक ढंगबाट मुलुक चलाउन सेनाहरुलाई सुझाव र सल्लाह पाउनु हुनेछ भन्ने समेत अवगत गराउन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्