
पाकिस्तानको कराचीमा ४ जना टिकटकहरुले साथमा मिले टिकटक बनाउँदै गर्दा चारै जनाको गोली हानेर हत्या गरिएको छ । ४ जनामध्ये ३ जना पुरुष थिए भने एकजना महिला थिइन् ।
मृतकहरु मुस्कान र आमिर साथीहरु रहेको बताइएको छ । अधिकारीका अनुसार मुस्कानले आमिरलाई सोमबार राती भेट्नका लागि बोलाएकी थिइन् ।
आमिरले एउटा गाडीको व्यवस्था गरेर आफ्ना साथीहरु रेहान र सज्जादलाई पनि साथमै लिएर मुस्कानलाई भेट्न गएका थिए । चारै जना शहरमा घुमिरहेका थिए र त्यस क्रममा टिकटक पनि बनाइरहेका थिए ।
गाडीमै घुम्ने क्रममा बिहान ४ बजेर ४८ मिनेटको समयमा उनीहरुमाथि आक्रमण भएको थियो । मुस्कानको कारभित्रै मृत्यु भएको थियो भने बाकिँ ३ पुरुषको कार बाहिर मृत्यु भएको थियो । अहिलेसम्म उनीहरुको हत्या कसले र किन गर्यो भन्ने कुराको खुलासा भएको छैन । तर यसबारे प्रहरीले छानबिन भने गरिरहेको छ ।





