प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै



काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउँदै छन् ।

अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेका हुन् ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको बताए । उनले भने, सकेसम्म प्रधानमन्त्रीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना छ । हामी समय मिलाउने प्रयासमा छौं ।

अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले संसद विघटन भएको विरोधमा तेस्रो चरणका आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्