संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखद्धारा दायर रिटमाथि आज सुनुवाइ हुँदै



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारीहरुको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतम राष्ट्रपति कार्यालय तथा अन्य ३९ जनालाई विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हो । सभामुख सापकोटाले संवैधानिक आयोगहरुमा भएको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा शुक्रबार रिट लिएर आफैं सर्वोच्च अदालत पुगेका थिए ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्