
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विटनविरुद्ध व्यापक बनाउन अपिल गरेका छन् ।
शनिबार कांग्रेसले गरेको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन भनेका छन् ।
प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र ओलकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ, देउवाले भनेका छन् ।
उनले अब हुने प्रदर्शनलाई व्यापक बनाउन पनि अपिल गरेका छन् ।
फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्धारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु, उनले भनेका छन् ।





