निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा



पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।

उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्